Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रालयको भागबन्डा विषयमा कुरा मिलेन, गठबन्धनको छलफल विना निष्कर्ष टुङ्गियो


    मंगलबार, भाद्र १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

    मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध दलहरुबीचको छलफमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमती जुट्न नसके पछि बैठक विना निष्कर्ष टुङ्गिएको हाे ।

    एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी गर्ने सहमति भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा कुरा नमिल्दा छलफल विना निष्कर्ष टुङ्गिएको हो । 

    मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा अब गठबन्धनमा आबद्ध दलहरुका सभापति तथा अध्यक्षहरू मात्र बसेर छलफल गर्ने एक नेताले जानकारी दिए । 

    आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार