Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वाइसिएल नेतृत्व चयनमा विवाद, अध्यक्षविना केन्द्रीय समिति घोषणा गरिने


    मंगलबार, भाद्र १५ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) मा सहमति नहुँदा चार दिनदेखि नेतृत्व चयन हुन सकेको छैन । 

    भावी नेतृत्वका लागि दुई जना नेता वर्तमान उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपाईलीले दाबी गरेका छन् । दुई जनाको दाबीले नेतृत्व चयन सकसमा परेको हो । 

    यसरी नेतृत्व चयन सकस भएपछि वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ ।

    वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)का अनुसार राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने भएकाे हाे ।

    राष्ट्रिय भेलाले नेतृत्व चयन गर्न नसकेपछि केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने र पछि पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने सहमति भएकाे छ ।

    नयाँ नेतृत्व चयनका लागि वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार