Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, मन्त्रालयको भागबन्डा टुंग्याउने तयारी


    मंगलबार, भाद्र १५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अबको केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। 

    मन्त्रालय भागबन्डा टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । यसअघि हिजो सोमबार बसेको शीर्ष नेताहरुको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।

    गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा रहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना भइरहेको छ ।

    सोमबारको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार