Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झलनाथ खनाल भन्छन्: कम्युनिष्ट पार्टीको सरकार ढाल्याे भनेर गोहीको आँशु बगाउन जरूरी छैन


    सोमबार, भाद्र १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ओलीले कम्युनिष्ट पार्टीको सरकार ढाले भनेर गोहीको आँशु बगाउन जरूरी नरहेको बताएका छन् । 

    झन्डै साढे २ महिनापछि सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम भएको भन्दै गोहीको आँशु बगाउन जरूरी नभएकाे बताएका हुन् ।

    खनालले भने- ‘केपी ओलीको सरकार निरंकुश थियो, त्यो ढल्नु भनेको निरंकुश सरकार ढल्नु हो ।’ ‘कम्युनिष्ट सरकारका नाममा त्यो बदनाम थियो।’

    उनले आफूहरूले पसिना बगाएर बनाएको एमाले पार्टीमा पछिल्लो समय गुटवाद, अहंकारवाद, व्यक्तिवाद हाबी भएको बताउँदै त्यसका विरूद्ध पार्टीभित्रै अन्तरसंघर्ष गर्दा नसकेर नयाँ पार्टी जन्मीएकाे बताए । 

    नेता खनालले नेपालमा सबै पक्षको सहमतिबिना एक पाइला पनि अघि बढ्न नसकेको इतिहास भएकाले गठबन्धनको सरकार चलाउनुको विकल्प नभएको बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार