Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनका नेताहरुको बैठक जारी, मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउने


    सोमबार, भाद्र १४ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मन्त्रिपरिषद विस्तारका लागि सत्ता गठबन्धनमा रहेका शीर्ष नेता आज (सोमबार) विहानैदेखि छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रालयको भागबण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा बसेका हुन् ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् ।

    आइतबार बिहान र साँझ दुई पटक बैठक बसे पनि मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटेपछि अहिले पुनः गठबन्धनका नेताहरूको बैठक बसेको हो । 

    गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरूको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार