Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाललाई भट्टराईकाे जवाफ: आफैसँग भएकालाई अध्यक्ष बनाए हुन्छ, हामी आउँदैनाैं


    आइतबार, भाद्र १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु नेकपा एसमा आए नेतृत्व छोडन तयार रहेको भन्ने अध्यक्ष माधवकुमार नेपालकाे अभिव्यक्त्ति प्रति एमालेका सचिव याेगेश भट्टराईले टिप्पणी गरेका छन् ।

    शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले ओलीलाई छाेडेर दाेस्राे पुस्ताका नेताहरु आफ्नाे पार्टीमा आए अध्यक्ष बनाउन तयार रहेकाे बताएका थिए ।

    एमाले सचिव भट्टराईले अध्यक्ष नेपालकाे उक्त प्रस्ताव स्वागतयाेग्य रहेकाे बताउँदै आफैसँग रहेका नेताहरुलाई उक्त अवसर दिएर उदाहरण देखाइदिए झनै राम्राे हुने बताउँदै आफूहरू नेकपा एसमा नजाने संकेत गरेका छन् ।

    एमाले नेता रावलले सामाजिक सञ्जालमार्फत् लेखेका छन्- ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो । ’

    शनिबार कार्यक्रममा बोल्दै नेता नेपालले भनेका थिए, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भैहाल्छु, भएन? पदको लडाई होइन, यो । विचारको लडाई  हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार