काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको नाममा ठगी धन्दा चलाएको आरोप लगाएका छन् ।
आज शनिबार वाईसीएल नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले ठिक विपरित कार्य गरेको आरोप लगाए । ओलीले एउटा भन्ने र अर्कै गर्ने प्रचण्डको भनाइ छ । कार्यक्रममा उनले भने, ‘भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने त केपी ओलीको भाषामात्रै रहेछ । रक्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी त ।’
अध्यक्ष पालो–पालो, प्रधानमन्त्री पालो–पालो भन्नेमा पनि सही गरेका थिए । तर, त्यो त ओलीले प्रधानमन्त्री पाउनका लागि ठगी धन्दा चलाएका रहेछन् । तमसुकमा सही गरेपछि त होला नि भन्ने लागेको थियो । तमसुक हेरेर बसिएको थियो उनले प्रधानमन्त्री पड्काए । त्यो गठी धन्दा रहेछ ।’
केपी ओली प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का लागेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका विरुद्ध संघर्ष जारी नै रहेको धारणा राखेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend