Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसद्वारा ४८ जिल्लाका क्रियाशिल सदस्यताको नामावली सार्वजनिक


    शनिबार, भाद्र १२ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले १४औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेता तथा कार्यकर्ताको दौडधुप र सक्रियता बढेको छ । देशभरका नेता तथा कार्यकर्तालाई चुनावी सरगर्मीले छोएको अवस्थामा काँग्रेसले धमाधम क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न थालेको छ ।

    नेपाली  कांग्रेसले  हिजो शुक्रबार वेबसाइट मार्फत केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली सार्वजनिक गरेको हो।क्रियाशील सदस्यता विवाद समाधान समितिले  बिहीबार ३८ जिल्ला र शुक्रबार थप १० जिल्लाको समेत ४८ जिल्लाको नामावली प्रकाशित गरेको छ। उक्त नामावली केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट प्राप्त भएपछि सार्वजनिक गरेको हो।

    पार्टीको निर्वाचन निर्देशिका, ०७८ को दफा १ (ख) बमोजिम सदस्यहरूको नामावली वेबसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताएका छन्। नामावली सार्वजनिक गरिएका ती जिल्लाहरूमा निर्वाचन अधिकृतहरू पनि खटाइसकिएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार