Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पौडेल पक्षका जिल्ला सभापतिहरु छलफलमा


    शनिबार, भाद्र १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुले छलफल र भेटघाटलाई तीव्र पारेका छन्। 

    अहिले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छ ।आज शनिबार  पौडेल पक्षीय जिल्ला सभापतिहरुसँगको छलफलका लागि  सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको छ ।

    बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा समेत छलफल हुने जनाइएको छ । बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुका साथमा जिल्ला सभापतिहरुको सहभागिता रहेको छ ।

    पौडेल पक्षका नेताको शुक्रबार बसेको बैठकले व्यावहारिक कठिनाइ अन्त्य गरेर महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार