काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ३ बर्ष ६ महिना ७ दिनमा बिहीबार पदबाट राजीनामा दिएका छन् । २०७४ फागुन ३ मा मुख्यमन्त्री नियुक्त भएका राईले यति लामो कार्यकालमा प्रदेशको नामाकरण समेत गर्न सकेनन् ।
माधव नेपाल पक्षको बहुमत हुँदाहुँदै विवादास्पद प्रवृत्तिका अम्बिरबाबु गुरुङमार्फत् प्रदेश सभा सदस्य खरिद गरी २ मतले भीम आचार्यलाई संसदीय दलको नेतामा पराजीत गरी मुख्यमन्त्री भएका गुरुङले प्रदेशको नामाकरण समेत नगरी राजीनामा दिएका छन् ।
नेकपा बिभाजन नहुँदै गण्डकी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशले नाम राख्न सफल भए । तर प्रदेश १ का मुख्यमन्त्री राईले नामसमेत राख्न सकेनन् । प्रदेशको नामाकरण नै नगरी राजीनामा दिएका मुख्यमन्त्री राईले त्यसको दोष जति विपक्षी पार्टीलाई लगाएर पानीमाथिको ओभानो हुन खोजेका छन् । छलछाम, प्रलोभन र सत्ताको दुरुपयोगबाट एमालेको संसदीय दलको नेता चयन भई मुख्यमन्त्री भएका राईले प्रचण्ड बहुमत हुँदा पनि प्रदेशको नामाकरण गर्न नसकेको तथ्य घामजत्तिकै छर्लङ्ग छ ।
काठमाडौंको सम्पर्क कार्यालयको मासिक ३ लाख ५१ हजार भाडा प्रकरण
प्रदेश १ का मुख्यमन्त्री राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको बिषयको पनि जनस्तरमा ब्यापक आलोचना भयो । राईले काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिएका थिए ।
करिब दुई वर्ष अघि उनले काठमाडौंमा सम्पर्क कार्यालय भाडामा लिएका थिए । जुन कार्यालयको वार्षिक भाडा बापत प्रदेशबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च हुँदैआएको छ । उक्त सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र जाने गरेका थिए । कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारीसमेत राखिएको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि राखिएको छ ।
काठमाडौंमा संघीय सरकारले मुख्यमन्त्रीहरुलाई आवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको छ । तर आवास र कार्यालय प्रयोजनका लागि भन्दै महँगोमा घर भाडा लिई सुशासन ऐनकै बर्खिलाप काम राईले गरे ।
बालिका खड्का प्रकरण
संचार तथा सूचना मन्त्री हुँदादेखि नै यौनहिंसाको आरोप लागेका राईलाई मुख्यमन्त्री भएपछि पनि उक्त आरोप लगाउने क्रम जारी रह्यो । एमालेको युवासंघकी नेतृ बताउने बालिका खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुब्यर्वहार गरेको भन्दै आरोप लगाउँदैआएकी छन् । खड्काले राईले आफूमाथि यौनहिंसा गरेको भन्दै न्यायका लागि गुहार माग्दैआएकी छन् । पछिल्लो पटक मोति दुगडले ब्यवस्था गरिदिएको थापाथलीस्थित एमाले कार्यालयमा समेत बालिका खड्काले शेरधन राईको यौन दुब्र्यवहारको बारेमा बिरोध गर्र्दै न्याय मागिन् । तर उनलाई न्याय दिनुको साटो प्रहरी लगाएर पक्राउ गरिएको थियो ।
माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई मिडियामा समाचार आएकै आधारमा पदबाट राजीनामा दिन बाध्य पारियो, तर बालिका खड्काले बिराटनगरदेखि एमाले मुख्यालयसम्म न्यायका लागि याचना गर्दा पनि शेरधन राईलाई कारबाही हुन सकेन । बालिका खड्का तिनै हुन्, जसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा नियुक्ति दिएका थिए ।
आधा उमेरकी कन्यासँग अनमेल विवाह
शेरधन राईले मुख्यमन्त्री हुँदा २०७७ माघ ११ मा आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग बिहे गरेर पनि चर्चामा आए । ५० वर्षीय राईले २३ बर्र्षीया शेर्पासँग विवाह गरेको बिषय खुब ट्रोल बनेको थियो । प्रदेशको नाम राखेपछि मात्र विवाह गर्ने भन्दैआएका राईले त्यो प्रतिबद्धता पूरा नगरी विवाह गरेका थिए । विवाह गरेको ७ महिनासम्म पदमा कायम रहँदा समेत उनले प्रदेशको नाम राख्न नसकी पदबाट बिदा भएका छन् ।
खुवालुङ फुटाउने निर्णय विवादमा
प्रदेश नम्बर १ को मुख्यमन्त्री हुँदा शेरधन राईमाथि सप्तकोसीमा जेटबोट चलाउन नदी बीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेको आरोप लाग्यो । मुख्यमन्त्री राईको सरकारले खुवालुङ फुटाउने निर्णय गरेसँगै विवाद चर्कियो । किरात राई यायोक्खाले खुवालुङ बचाउ अभियान नै चलायो । खुवालुङ फुटाउन नदिनका लागि जस्तोसुकै संघर्ष गर्न पनि यायोख्खा तयार भयो ।
किराँती समुदायको आस्थाको केन्द्र खुवालुङ फुटाएर सप्तकोशीमा जेटबोट चलाएरै छाड्ने अभिब्यक्ति २०७७ फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि प्रदेश १ का मुख्यमन्त्री पनि किरातहरुको बिरोधको तारो बन्न पुगेका थिए । सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने अभिब्यक्ति ओलीले दिएका थिए । जुन अभिब्यक्तिले किराँत समुदाय बिरोधमा उत्रियो । मुख्यमन्त्री राईले खुवालुङ नफुटाउने सार्वजनिक भाषण नै गर्नुपरेको थियो ।
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै खुवालुङ फुटाउने घोषणा गरेपछि किरात राई समुदाय र संस्कृतिप्रेमीहरुले राज्यले किराती धर्म संस्कृतिमाथि धावा बोलेर कमजोर बनाउन खोजेको आरोप लगाएका थिए ।
विवादितलाई गुरुङलाई मन्त्री
५० को दशकमा सांसद खोभारी रायदेखि धनराज गुरुङ, रामचन्द्र अधिकारी लगायतको रातो पासपोर्ट खरिद गरी यूरोपमा मानवतस्करी गर्ने अम्बिरबाबु गुरुङ मुख्यमन्त्री राईका अति निकट भए । मुख्यमन्त्री बनाउने क्रममा सांसद खरिदबिक्रीमा लगानी गरेका गुरुङलाई राईले सुरुमा भौतिक राज्यमन्त्री बनाए, पछि फुलमन्त्रीमा प्रमोसन गरे । ३५ लाखका दरले सांसद खरिद गरी उनले २ मतले संसदीय दलमा राईलाई जिताएको आरोप लागेको थियो ।
गुरुङ ०५४–०५५ मा कुपण्डोलस्थित बागमती पुल किनारामा मितेरी रेष्टुरेष्ट संचालन गर्थे । त्यही समयमा सांसदहरुको रातो पासपोर्ट खरिद गरी उनी मानवतस्करी गर्ने गर्दथे । स्व. खुमबहादुर खड्का, इश्वर पोखरेलदेखि राधाकृष्ण मैनाली र वामदेव गौतमसँग कनेक्सन भएका उनले पासपोर्टमा फोटो परिवर्तन –पीसी) गरेर पनि हजारौंलाई यूरोपमा पठाए । कयौंसँग पठाइदिन्छु भनी रकम लिएर पचाई अलपत्र पारे ।
एलिजा थापा नाम गरेकी एक महिलासँग मिलेर गुरुङले दुई दर्जन व्यक्तिलाई संयुक्त अधिराज्य (बेलायत), अष्ट्रेलिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनी बीसौं लाख लिएर नपठाएको आरोप समेत लागेको थियो ।
रातो पासपोर्ट दुरुपयोग प्रकरणमा प्रहरीले अनुसन्धान गरी गुरुङलाई दोषी देखाएपछि तत्कालिन गृहमन्त्री वामदेव गौतमले उनलाई जोगाएका थिए ।
पछिल्लो समय निवर्तमान उपप्रधानमन्त्री इश्वर पोखरेलको इसारा र संरक्षणमा रहेका गुरुङले विभिन्न व्यक्तिको घर जग्गा बैंकमा धितो राखेर रकम निकाले बिजोग बनाएका छन् ।
एमालेका शीर्ष नेताको संरक्षणका कारण उनी प्रदेश सांसद मात्र भएनन् कि प्रदेशको मन्त्री नै बन्न सफल भए । एक दर्जन व्यक्तिको घर जग्गा धितो बापत लिलाम भएपछि उठीबास गराउँदा समेत गुरुङ सँधै राजनीतिक आडमा अहिलेसम्म दुई दर्जन बढीको करोडौं रकम खाइदिएका छन् ।
पुराना वामनेता कृष्णराज बर्माको २ करोड रुपैयाँ अम्बिर गुरुङले सापटी लिएको ७ बर्ष बितिसक्दा पनि फर्काएका छैनन् । बर्माले केपी ओली प्रधानमन्त्री हुँदा बल्लतल्ल भेटेर अम्बिर गुरुङले सापटी लिएको रकम फिर्ता नदिएको गुनासो गर्दा पनि सुनुवाइ हुन नसकेको गुनासो गर्दैआएका छन् । बर्मा एक प्रतिनिधि उदाहरण हुन्, अम्बिर गुरुङले काठमाडौंका धेरै ब्यक्तिको जग्गा बैंकमा राखेर समेत रकम निकालेर खाई घरबास नै उजाड बनाइदिएका छन् ।
यस्तै गलत काम गर्ने हुनाले नेपाल प्रहरीका हरेक प्रमुखसँग गुरुङले हिमचिम बढाउने गरेका छन् । प्रहरीको नजरबाट सँधै बच्नका लागि उनले यस्तो तरिका अपनाउने गरेका छन् । सर्वेन्द्र खनाल आइजीपी हुँदा त उनको बास नै नक्सालस्थित महानिरीक्षक निवासमा हुने गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend