काठमाडाैं । रौतहट बम विष्फोट तथा ज्यान मार्ने उद्योगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकाे मुद्दाम आज (शुक्रबार) पनि सुनुवाइ नहुने भएको छ ।
नेता मोहम्मदको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा एक नम्बरमै पेशी तोकिएर पनि विपक्षीका कानुन व्यवसायीहरुको माग बमोजिम सर्वोच्चले सुनुवाइ स्थगित गरिदिएको हो ।
केही स्थानीयलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको घटनामा जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राख्न आदेश दिएको थियो । त्यसविरुद्ध आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।
जिल्ला र उच्च अदालतले थुनामै राखेर मुद्दाको किनारा लगाउन आदेश दिएपछि उनी सर्वोच्चमा पुगेका थिए । जहाँ उनले थुनामुक्त गरेर मुद्दाको अन्तिम सुनुवाइ गर्न माग गरेका छन् । आलम अहिले ललितपुरको नख्खु कारागारमा छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend