Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौडेल पक्षको बैठक जारी, सदस्यता विवाद र जिल्ला सभापतिहरूको रिले अनसनको बारेमा छलफल


    शुक्रबार, भाद्र ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको छलफलमा जुटेका छन् ।

    पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साढे ८ बजेदेखि जारी छलफलमा सदस्यता विवाद, जिल्ला सभापतिले शुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ ।

    पौडेल समूहको शीर्ष नेताहरुको बैठकपछि अहिले केही सभापतिहरुसहित बैठक बसिरहेको बताइएको छ । बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु र रामशरण महत्तलगायत नेताहरु सहभागी छन् ।

    जिल्ला सभापतिहरूले १४ औं महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार