काठमाडौं । नेकपा(एमाले) बिभाजन भएर नयाँ पार्टी गठन भएपछि अब मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । मन्त्रिपरिषदमा एमालेबाट विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले पनि ५ मन्त्रालय पाउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेबाहेकका सबै शक्तिलाई सरकारमा सामेल गरी बाँकी रहेको डेढ बर्षे कार्यकाल सरकार संचालन गर्ने नीति लिएका छन् । त्यसका लागि उनले जनता समाजवादी दलबाट विभाजित महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई पनि सरकारमा ल्याउने भएका छन् ।
एमाले बाहेकका नेपाली कांग्रेस र माओवादी केन्द्र त सरकारमै छन् । माधव नेपाल, जसपा र लोसपालाई सरकारमा ल्याउनै लाग्दा प्रधानमन्त्री देउवामाथि अर्को झमेला थपिएको छ ।
देउवा नेतृत्वको सरकारमा एमाले बाहेकका ५ वटा पार्टीले मात्र होइन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समेत मन्त्रीको हिस्सा माग गरेपछि देउवा तनावमा परेको स्रोतको दाबी छ ।
पछिल्ला दिनमा प्रधानन्यायाधीश राणाको कोटामा पनि एक मन्त्री हुने चर्चा राजनीतिक बृत्तमा भइरहेको छ । राणाको कोटामा मन्त्री हुने चर्चामा रहेका पात्रहरुमा धादिङको केपी सिमेन्ट उद्योगका संचालक केशवप्रसाद उप्रेती (केपी) एक हुन् । राणाले सम्धी डा. तिलक रावललाई अर्थमन्त्री नै बनाउन दबाब दिएको चर्चा पनि छ । अदालतमा ठूला ठूला ब्यापारिक सरोकारका मुद्दाका बीचौलिया दीपक तिमल्सिना पनि आफूलाई प्रधानन्यायाधीश राणाले संचार तथा सूचना प्रविधि मन्त्री बनाउने हल्ला चलाउँदै हिंडेका छन् ।
उप्रेती राणाका भिनाजु नाता पर्ने ब्यक्ति हुन् । डा. तिलक रावल राष्ट्र बैंकका पूर्वगभर्नर हुन् । उनी १० रुपैयाँका पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर राणा प्रधानन्यायाधीश हुनासाथ फाष्टट्रयाकमा उक्त मुद्दा फैसला गरी रावलसहितका दोषीलाई क्लीनचिट दिइएको थियो । रु. १० का पोलिमर नोट अष्ट्रेलियामा छापिएको थियो । गुणस्तरहीन नोट छपाई गरेको खुलासा भएपछि अष्ट्रेलियाले नोट छाप्ने मुद्रण उद्योगलाई कारबाही गर्यो । र, नेपाल राष्ट्रबैंकका अधिकारी र नेपाली एजेन्टमाथि कारबाही गर्न पत्र पठाएपछि अख्तियारले लामो समयपछि मुद्दा दायर गरेको थियो ।
अष्ट्रेलियाले नोट छपाईमा भ्रष्टाचार भएको देख्यो, आफ्नो देशका दोषी अधिकारीलाई कारबाही गर्यो । तर नेपालले रावलमाथि बल्लतल्ल मुद्दा दायर गरेको थियो । त्यो पनि केही महिनामै विशेष अदालतले रावलसहित सबैलाई सफाइ दिइसकेको छ ।
यसअघि ओली सरकारको पालामा पनि राणाले भिनाजु पर्ने उप्रेती र किया मोटरका संचालक सुहृद घिमिरेलाई मन्त्री बनाउन खोजेको कुरा चर्चामा आएको छ । उप्रेती सिमेन्ट उद्योग संघका महासचिव समेत हुन् ।
ओलीले सत्ताबाट बहिर्गमनपछि एमालेका नेताहरुसँग राणाले उप्रेती र घिमिरेलाई मन्त्री बनाए प्रतिनिधिसभा बिघटन सदर गर्ने सन्देश पठाएका थिए । आफूले उनीहरु दुवैलाई मन्त्री बनाउन नसक्ने जवाफ दिएपछि असार २८ मा परमादेश जारी गरी आफूलाई हटाइएको कुरा सुनाएको एक एमाले नेताले नै खुलाएका छन् ।
यद्यपि ओलीले नै ब्यापारी सुहृद घिमिरेकी पत्नी रेखा घिमिरेलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्ड सदस्यमा नियुक्ति गरेका छन् । सुहृद घिमिरेले बालाजु औद्योगिक क्षेत्रको दसौं रोपनी जग्गा बर्षौदेखि कौडीको मूल्यमा लिजमा लिएका छन् । र, भाडा बढाउन समेत दिएका छैनन् । मातृका यादव मन्त्री हुँदा उनका स्वकीय सचिव सन्तोष बिष्टलाई घुस दिएर औद्योगिक क्षेत्र ब्यवस्थापन समितिलाई भाडा नै बढाउन दिएका छैनन् । ब्याट्री कम्पनीको १३ रोपनीभन्दा बढी सरकारी स्वामित्वको जग्गा पनि सुहृद घिमिरेले हत्याउन खोजेका छन् । घिमिरे ठमेलको छायाँ सेन्टरका पनि लगानीकर्तामध्येका एक हुन् ।
ललिता निवास क्याम्पको सरकारी जग्गा दर्ता गर्ने नाइकेहरुमा पर्दछन् सुहृद घिमिरे । उनले सासुआमा इन्दु शर्मा र श्रीमती रेखा घिमिरेका नाममा ललिता निवासको १३ रोपनीभन्दा बढी जग्गा जम्मा आनामा ५१ हजारमा किनेको देखाई अतिक्रमण गरेको जग्गाधनी पूर्जाको फोटोकपी नै सार्वजनिक रुपमा मिडियामा आइसकेको छ ।
कन्टिनेन्टल ट्रेडिङका संचालक सुहृद घिमिरेका ब्यापारीक साझेदार पुरुषोत्तम पौड्यालले ब्रिटिश भर्जिन आयरल्याण्डबाट नेपालमा कालोधन ल्याएको सार्वजनिक भइसकेको छ ।
बिचौलिया दीपक तिमिल्सिना रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतको रजिष्टार हुँदा आइटीमा काम गर्ने सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए । तर आइटीको कर्मचारी उनी सर्वोच्च अदालतका न्यायाधीशका घरघरमा पहुँच पुर्याएर कुख्यात बिचौलियाका रुपमा उदाए । सर्वोच्च अदालतमा सूचना प्रविधिका सामान्य कर्मचारी हुँदै ८ बर्षमै रहस्यमय ढंगले बीचौलियाको धन्दाबाट करोडौंपति भएका तिमिल्सिना उपेन्द्र महतोका निकट भएका थिए । अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेतसँग मिलेर ठूला उजुरीमा डिल गर्थे ।
कुनै समय स्मार्ट टेलिकममा सेयर हत्याउन किर्ते काम गरेर बद्नाम भएका थिए तिमिल्सिना ।
कल्याण श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएपछि भ्रष्टाचारको आरोप लगाउँदै तिमल्सिनालाई सर्वोच्चको सेवाबाट हटाइएको थियो । त्यसपछि तिमल्सिना रसियन खर्बपति व्यापारी भएपनि कर, भ्याट छल्ने धन्दा गर्दै आएका उपेन्द्र महतोको सम्पर्कमा पुगेका थिए ।
यसबीचमा भारतीय नाकाबन्दीका समयमा २०७२ पुसमा इन्धन अभावको समयमा तिमल्सिनाले पूर्वराजाका ज्वाई राजबहादुर सिंहसँग मिलेर मालिका पेट्रोलियम प्रालि खोलेका थिए । जसको अध्यक्ष उनै भएका थिए । पेट्रोलियम पदार्थको दीर्घकालीन आयात, भण्डारण र कारोबारका लागि आयल निगमले मालिकालाई स्थायी अनुमति दिएको थियो ।
त्यसैक्रममा तिमल्सिनाको आयल निगमका एमडी गोपालबहादुर खड्कासँग विशेष सम्बन्ध कायम भएको थियो । बानेश्वर बत्तीसपुतलीमा सामान्य डेराको जीवनयापन गर्ने दीपक तिमल्सिना आज कलंकीमा घर र गाडीदेखि विभिन्न कम्पनीका संचालक, सेयरहोल्डर र बीसौं करोडका मालिक बन्न सफल भएका छन् । उनी टेल्को इन्भेष्टमेन्ट प्रालिका कार्यकारी निर्देशक, इन्टरनेशनल स्कुल अफ लका निर्देशक तथा सस्थापक, मालिक पेट्रोलियम र मेट्रो नेपाल(काठमाडौं मेट्रो रेल कम्पनी) का कार्यकारी निर्देशक भन्ने गर्दछन् ।
प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले २ पटकसम्म प्रतिनिधिसभाको पुनस्थापना गर्ने फैसला गरेपछि उनले सत्तामा बस्नेहरुसँग हरेक नियुक्तिमा कोटा खोज्ने गरेका छन् । यसअघि नेकपाभित्रको झगडाको फाइदा उठाउँदै संवैधानिक आयोगहरुमा करिब २० जनालाई नियुक्ति गराए । समावेशी आयोग र मानवअधिकार आयोगमा त सभापति नै राणाले नियुक्त गर्न सफल भए । सौताको रिसले पोईको काख… जस्तै ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको रिसले राणा र देउवालाई दिए । आखिरमा राणाले परमादेश दिएर उनलाई सत्ताबाटै पदच्यूत गरिदिए । देउवा प्रधानमन्त्री भए । अहिले प्रधानमन्त्री देउवासँग परमादेशका आधारमा प्रधानमन्त्री बनाएकाले रावल, उप्रेती वा तिमल्सिनामध्ये एकलाई मन्त्री बनाउन दबाब बढाइरहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend