Nepal Face
  • शनिबार, ९ साउन २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • केपी शर्मा ओली
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    वाइसिएलको राष्ट्रिय भेला १२ र १३ भदौमा


    Basu Dev Paudel
    बिहिबार, भाद्र १० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • 1.4K
  • सेयर
  • काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको राष्ट्रिय भेला यही भदौ १२ र १३ गते हुने भएको छ ।

    वाइसिएलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भेला भर्चुअल माध्यमबाट हुन लागेको जानकारी अध्यक्ष रामप्रसाद सापकोटाले दिए ।

    सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाउने सापकोटाले जानकारी दिए ।

    ‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

    भेलालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संबोधन गर्ने कार्यक्रम रहको अध्यक्ष सापकोटाले जानकारी दिए ।

    भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
     
    अध्यक्ष सापकोटाले भेलाबाट नयाँ नेतृत्व आउने र आफूले पुनःउम्मेदवारी नदिने पत्रकार सम्मेलनमा जानकारी दिए । भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहनेछ ।
     
    हालसम्म वाइसिएलको अध्यक्ष चार जनाले दावी गरेका छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    • सीमा अनुगमनका लागि स्पेसल टास्क फोर्स परिचालन गरिने

      सीमा अनुगमनका लागि स्पेसल टास्क फोर्स परिचालन गरिने

      काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...

    • ‘वामपन्थी दलले विगतका नीति र व्यवहारको समीक्षा गर्नुपर्छ’: माधव नेपाल

      ‘वामपन्थी दलले विगतका नीति र व्यवहारको समीक्षा गर्नुपर्छ’: माधव नेपाल

      काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...

    • ‘एकै दिनमा सबै उल्ट्याउन सकिँदो रहेछ भन्ने उनीहरूले सिकाए, चारै तिरबाट घेरा हालौँ’: प्रचण्ड

      ‘एकै दिनमा सबै उल्ट्याउन सकिँदो रहेछ भन्ने उनीहरूले सिकाए, चारै तिरबाट घेरा हालौँ’: प्रचण्ड

      काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...

    • स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता

      स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता

      काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...

    • चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गर्ने रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय जरिवाना

      चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गर्ने रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय जरिवाना

      काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...

    ताजा समाचार
    • बोरिङ जडान गर्न ८ लाख २१ हजार घुस, सिंचाई प्रमुख ढकालसहित २ जना पक्राउ

    • सांसदको गोल्डस्टार जुत्तालाई लाभ पुर्याउने, अन्य उद्योगमा छापा हान्ने !

    • सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिवद्ध छ : आईजीपी पौडेल

    • असई कुर्मी असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

    • काठमाडौं महानगरपालिकाका लागि ७३७ जना प्राथमिक उपचारक तयार

    • ‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’: आईजीपी कार्की

    • सीमा अनुगमनका लागि स्पेसल टास्क फोर्स परिचालन गरिने

    • निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा छूटे 

    • ‘वामपन्थी दलले विगतका नीति र व्यवहारको समीक्षा गर्नुपर्छ’: माधव नेपाल

    • ‘एकै दिनमा सबै उल्ट्याउन सकिँदो रहेछ भन्ने उनीहरूले सिकाए, चारै तिरबाट घेरा हालौँ’: प्रचण्ड

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend