Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेपालको आह्वान- ओलीकाे अतिवादबाट मुक्त भएर क्रान्तिकारी धारमा समाहित हुनुहोस्


    बिहिबार, भाद्र १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् ।

    नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीलाई दक्षिणपन्थी भासमा फसेर प्रतिगामी कदम चालेको आरोप लगाउँदै ओलीको कब्जाबाट निस्किएर आउन आग्रह गरेका हुन् ।

    जारौं कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नयाँ पार्टी  खाेलेकाे बताउँदै उनले भने- ‘दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको, ‘दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहान्छु ।’

     

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार