Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष नेपालकाे स्पष्टीकरण: पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भएपछि नयाँ पार्टी बनाउन बाध्य भएकाे हाे


    बिहिबार, भाद्र १० २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएका कारण जनभावना अनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । 

    नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले मार्क्सवादी मूल्य मान्यतालाई ओलीले तिलाञ्जली दिएपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताएका हुन् ।

    नेपालले भने, ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो ।’ यो सबै अवस्था देखेपछि हामी नयाँ ढंगले जाने संकल्प गरेको हाे ।

    नेपालले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको दावी समेत गरे ।

    ओलीबाट पीडित भएकाहरु हिमाल तराईका कार्यकर्ता, विभिन्न तहका कार्यकर्ताको पंक्तिले ओलीको समूहबाट विद्रोह गरेर समाजवादीमा समाहित भएको घोषणा गरिरहेका छन्’ नेता नेपालको भनाई छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार