Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालप्रति ओलीको आरोप: व्यक्तिगत स्वार्थका लागि नयाँ पार्टी खाेले


    बिहिबार, भाद्र १० २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थका कारण माधवकुमार नेपाल नयाँ पार्टी दर्ता गरेकाे आरोप लगाएका छन् ।

    बिहिबार च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले नेपालले आफ्नो अभिाभारा बिर्सिएर  व्यक्तिगत स्वार्थका कारण नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेकाे आरोप लगाएका हुन् ।

    ‘हिजोसम्म हामीसँगै भएका साथीहरु आन्दोलन छोडेर, आन्दोलनको अभिभारा बोक्ने पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्नो काँधको अभिभारा बिर्सिएर, जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर, भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन्,’ उनले भने, ‘केहीका स्वार्थ र अहंकारले नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नु भएको छ ।’

    उनले उनले केन्द्रदेखि पालिकासम्म एमालेको पकड रहेको अवस्थामा माधव नेपालहरुले हुँडलो मच्चाएर गएकाे समेत आरोप लगाएका छन् । 

    ‘केन्द्रदेखि पालिकाहरुमा हाम्रो बर्चस्व थियो । केही मानिसहरूका गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्‍यो । उनीहरुले पार्टीमा हुँडलो मच्चाए’, ओलीले थपे, ‘उनीहरुकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले । अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार