Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेकपा समाजवादीद्धारा ‘हाइ कमाण्ड’ गठन, पार्टीका सम्पूर्ण निर्णय हाइ कमाण्डले लिने


    बिहिबार, भाद्र १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बुधबार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ताको प्रमाण पत्र दिएसँगै अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टीले राजनीतिक तथा संगठनात्मक गतिविधि अगाडि बढाएको छ । 

    तत्कालका लागि पार्टीका सम्पूर्ण निर्णय लिन नेकपा समाजवादीले हाइ कमाण्ड गठन गरेकाे छ ।

    पार्टीले बिहिबार माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेको पाँच सदस्यीय ‘हाइ कमाण्ड’ गठन गरेकाे हाे ।

    हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधिसहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार