Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रालयको भागबण्डा मिल्यो, नेकपा एकीकृत समाजवादीले पाँच मन्त्री पाउने


    बिहिबार, भाद्र १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धन  नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच मन्त्रालयको भागबण्डा मिलेको छ ।

    बुधबार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ताको प्रमाण पत्र दिएसँगै नेपाललाई सरकारमा जाने बाटो खुलेपछि भदौ १३ गतेपछि मन्त्रिपरिषद् विस्तार हुने भएकाे छ ।

    गठबन्धन दलबीच भएको सहमतिअनुसार माधव नेतृत्वको एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।

    २५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमतिअनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको छ । 

    मन्त्रालय भागभण्डमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई प्राथमिकता दिएको एक काँग्रेस नेताले बताए । तर, अहिलेसम्म मन्त्रालयगत भागबण्डा भने मिलिसकेको छैन । काँग्रेसले गृह र माओवादीले अर्थ मन्त्रालय लिइसकेको छ ।

     

     
     

     

     

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार