Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दै वामदेवले भने, अब म ओलीलाई नेता मान्न सक्दिनँ


    बिहिबार, भाद्र १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

    आज बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने बताउँदै उनले केपी ओली र आफ्नो विचारमा मेल नखाएकाले पदबाट राजीनामा दिने निर्णय गरेकाे जानकारी दिएका छन् ।

    एकदुई दिनभित्रै राजिनामा दिने बताउँदै गौतमले भने- ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु ।’

    एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार