Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले संसदीय दलको बैठक बस्दै, मुख्यमन्त्रीमा राईलाई हटाएर आचार्यलाई ल्याउने तयारी


    बिहिबार, भाद्र १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर। आज बिहान ९ बजेका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले प्रदेश १ संसदीय दलले बैठक बोलाएको छ।

    आजको बैठकमा प्रदेश १ को मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरिएको छ । जसका लागि वर्तमान मुख्यमन्त्री शेरधन राईलाई राजीनामा दिन लगाएर नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यलाई ल्याउने तयारी गरिएको हो ।

    स्रोतका अनुसार बैठकमा राईले राजीनामा दिएपछि आचार्यलाई संसदीय दलको नेता बनाइने र आज नै मुख्यमन्त्रीमा शपथग्रहण गराउने प्रयास हुने आचार्य निकट एक नेताले बताए । माधव नेपालका साथ छाडेका आचार्यलाई ओली समूहले मुख्यमन्त्री दिने आश्वासन पहिले नै दिएको थियो।

    ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन्। जसमा नेकपा एमालेका ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन्। 

    एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद नयाँ पार्टीमा जाने बताइएको छ। प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। माधव नेपालको पार्टीमा एमालेबाट ६ सांसद मात्र गएमा र अन्य विपक्षी दलहरुबीच मार्चाबन्दी भएमा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना छ । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार