Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर सभामुखले संसदीय मर्यादा र आचारणविपरीत  काम गर्नु भयाे


    बुधबार, भाद्र ९ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएका छन् । 

    बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बाेल्दै ओलीले सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । 

    एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे । 

    ओलीले  सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई नौ दिनदेखि रोकेर राखेकाे भन्दै सभामुख सापकोटाले संसदीय मर्यादा र आचारणविपरीत  काम गरेकाे आरोप लगाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार