Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दूतावासमार्फत गरे खनालले एकीकृत समाजवादीको पक्षमा सनाखत


    बुधबार, भाद्र ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले दूतावासमार्फत नयाँ दल (नेकपा एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

    नेता राजेन्द्र पाण्डेका अनुसार  दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएकाे हाे । दूतावासका प्रतिनिधिहरूले उनको सनाखत लिएर आयोगमा आइ जानकारी गराएका छन् ।

    यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार