Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालप्रति ओलीको कटाक्ष: घेराबन्दी गरि घर-घरबाट सांसदहरुलाई उठाएर रिसोर्टमा लगेर थुनियाे


    बुधबार, भाद्र ९ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका छन् ।

    एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाएका हुन् ।

    ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उनले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

    उनले भने, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो । यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार