Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी सनाखतका लागि आयोग पुगे माधव नेपालसहितका नेताहरू


    बुधबार, भाद्र ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले सनाखतका लागि बाेलाएपछि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू चन्द्रागिरि रिसाेर्टबाट सिधै आयोग पुगेका छन् ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन् । 

    केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ ।

    उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ ।

    बुधबारै जनता समाजवादी पार्टीबाट फुटेका महन्थ ठाकुरका नेताहरूले पनि नयाँ पार्टी दर्ताका लागि सनाखत गर्दैछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार