Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालसहितका नेताहरू चन्द्रागिरि रिसाेर्टबाट सिधै निर्वाचन आयोग जाने


    बुधबार, भाद्र ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले सनाखतका लागि बाेलाएपछि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू चन्द्रागिरि रिसाेर्टबाट सिधै आयोग जाने भएका छन् ।

    आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ ।

    सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए । आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको छ ।

    सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार