Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल र ठाकुरको दल दर्ता आज, सनाखतका लागि निर्वाचन आयोग जाँदै


    बुधबार, भाद्र ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् ।

    यसअघि आयोगले दल दर्ताका लागि उनीहरुलाई बुधबार सनाखतका लागि बोलाएको थियो।

    आयोगले दुबै दललाई सनाखतका लागि साढे घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ।

    तोकिएको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

    सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार