Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुरु भट्टराई भन्छन्: अपशब्द बोलेको भए फाँसि दिए हुन्छ, ओली बाहेक भिजन र मिसन भएका नेता अरूकाेहि छैनन्


    मंगलबार, भाद्र ८ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक गुरु भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गर्ने राज्यद्रोहीलाई स्वार्थका लागि जे पनि गर्न तयार हुने भन्दा कहाँ अपशब्द भयाे भन्दै प्रश्न गरेका छन् ।

    मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले राष्ट्रपति विधवा राष्ट्रपतिलाई श्रीमान चकारेर गाली गर्ने, प्रधानमन्त्रीलाइ मर्यादा नाघेर गाली गर्ने राज्यद्रोहीलाई आफूले तिम्रो इच्छा पूरा भयो अब रमाउ, मोजमस्ती गर भन्दा संस्कार बाहिर नगएकाे जिकिर गरेका छन् ।

    ‘संसारको अदालत, नेपाली शब्दकोशमा अर्थ खोजेर ल्याउ, मैले अपशब्द र मर्यादाहिन कुरो बोलेको कुरा पुष्टि भए फाँसिमा झुन्डिन तयार छु,’ उनले लेखेका छन्, ‘आफ्नो ज्ञान पुग्दैन, अनि मनोगत अर्थ लगाएर ट्रोल खडा गर्न खोज्ने ? यस्ता स्यालहरु कराएर सिंह मैदान छोडेर भाग्दैन। नक्कली कुरा गरेर गुरु भट्टराइको मुख र कलम बन्द गर्ने दुस्साहस नगर । तिमी हार्ने छौ ।’

    उनले मुलुक हरेक दिन सिन्को नभाची साँढे तीन अर्ब खर्च गरिरहेको बताउँदै देश सरकारबिहिन भएको डेढ महिनामा डेढ महिनामा डेढ खर्ब स्वाहा भएको भन्दै कटाक्ष गरेका छन् ।

    ‘तिमी गुरु भट्टराइले नलेखेको कुरामा मस्त छौ। डेढ खर्ब रकमले ७५० मेगावाट विद्युत उत्पादन हुन्छ। तर तिम्रा कलमका निभ किन भाँचिएका छन् ? प्रश्न त्यहाँ गर। मलाइ हैन। सिगापुर, मलेसिया १५ वर्षमा बने, एउटा मुलुकको डेढ महिना समय पानीमा बगेको छ , खै तिम्रो चेतना  ?’ उनले प्रश्न गरेका छन् । 

    यस्तै अर्काे स्टाटस लेख्दै उनले केपी ओली बाहेक नेपालमा भिजन र मिसन भएकाे नेता अरूकुनै नभएकाे बताएका छन् । 

    उनले यदि मुलुक सम्बृद्ध चाहिने, मिसन र भिजन भएको नेता अरूकाेहि छ भने अघि लेराउन समेत चुनाैति दिएका छन् ।

    उनले लेखेका छन्- ‘केपी ओली बाहेक भिजन र मिसन भएको नेता नेपालमा छैन । तिमीसंग छ? छ भने भटट बक त यहाँ? मुलुक सम्बृद्ध चाहिने, मिसन र भिजन भएको नेता नचाहिने? नालायक हौ तिमी । कुकुरलाइ घिउ नपचेको, अब शेरबहादुरको आची हजम गर र सम्बृद्ध बन, सुशासन चाख ।’ 

    यस्तै नेपाल पक्षलाई इंकित गर्दै उनले अर्काे स्टाटसमार्फत मन्त्री बन्नकै लागि पार्टी फुटाएकाे अाराेप लगाएका छन् ।

    उनले भनेका छन्, महिनौं देखीकाे मन्त्री बन्ने प्रयास बल्ल सफल भएको छ, खुशीयालीमा यसो रिसोर्ट तिर मोजमस्ति गर्न नगए के गर्नु त?

    ‘माकुने र झाँक्रीका सन्डमुसन्डहरु मुर्मुरिदै छन् । त्यस्ता स्यालहरु कराएर केही फरक पर्दैन । आफ्नो मगजमा फोहोर भरिएको छ, अरुलाइ सराप्दै हिड्ने आफ्नै कुबुझाइमा? सम्माननिय राष्ट्रपति र प्रधानमन्त्रीलाइ मनपरी गाली र बेइज्यति गरेपछि प्रहरीले घरबाटै घिसारेर खोरमा लगेको कस्लाइ हो? मगज सफा गर सन्डमुसन्ड हो,’ उनले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार