काठमाडौँ । भारतमा उपचाररत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को बैठकलाई सम्बोधन गर्दै एमालेकाे दोस्रो पुस्ताका नेताहरुप्रति कटाक्ष गरेका छन् ।
भारतको नयाँ दिल्लीमा उपचाररत नेता खनालले अडियोमार्फत पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै दोस्रो पुस्ताका नेताहरु मध्यपन्थ अवसरवादमा मिसिएको दाबी गरेका छन् ।
‘दोस्रो पुस्ताका साथीहरु कुन ठाउँमा पुग्नुभएको छ ? हाम्रा पार्टीका धेरै साथीहरुलाई मध्यपन्थ र अवसरवादमा मिसिए । मध्यपन्थको आयु छाटो हुन्छ । त्यसले चाँडो नै परिणाम देखाउँछ । अब प्रदेशहरुमा पनि मध्यपन्थको रुप देखिनेछ । त्ययसका विरुद्ध हामीले संघर्ष गर्नुपर्नेछ,’ खनालले भने ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा खनालले आफूले विद्रोहमार्फत नयाँ पार्टी निर्माणमा जुटेको बताएका छन् ।
‘विद्रोहको प्रक्रिया अघि बढेको छ । हामी नयाँ पार्टी निर्माण गर्ने अभियानमा जुटेका छौँ,’ खनालले भने, ‘एमाले नेतृत्वमा निर्वाचित भएसँगै पहिलो दिनदेखि नै कार्यदिशा, सिद्धान्त, विधि विधानलाई लत्याउँदै हिड्यो । त्यसले अहंकारवादको बाटो लियो, व्यक्तिवादको रुपमा लियो, दक्षिणपन्थी बाटो लियो । बाढी पसे पार्टीमा झै बुर्जुवा विचार प्रवेश गर्न थाले । व्यक्तिगत फाइदा र गुटगट फाइदा मात्रै भयो । जनवर्गीय संगठन निर्माण भएन ।’
४१ महिना ओलीले सरकार चलाउँदा नेतृत्वले पार्टीलाई भताभुंग बनाएको आरोप लगामउँदै उनले भने, ‘अवसरवादी नेतृत्वको कारण पार्टी भाताभुंग भएको छ । ४१ महिना पनि शासन गर्दा, पार्टीलाई लत्याएर मनपरी तन्त्र चलाए । सरकारका नीति कार्यक्रम, बजेट पार्टीले थाहा पाएन । चुनावी घोषणापत्रले पूर्व जानुपर्छ भन्यो, ओलीले पश्चिमतिर लागे ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend