काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेकाे सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने भएपछि बैठकले गत २७ असारमा भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट सहभागी कार्यदल गठन गरेको छ ।
यस्तै बैठकले १०–१२ मंसिरमा दशौं महाधिवेशन र ४–६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय गरेकाे छ । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने भएको छ ।
बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।