Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश


    मंगलबार, भाद्र ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे नियुक्तिविरुद्ध यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ । 

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले उक्त रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो । 

    प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए ।

    सर्वोच्चले शाक्यलाई  प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको हो । 

    हेर्नुहोस् सर्वोच्चको आदेश

    Kulman_adesh_NlDlCd1AvH.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार