Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • लामाे समयपछि एमाले स्थायी कमिटी बैठकमा तेस्रो धारको ‘इन्ट्री’


    मंगलबार, भाद्र ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै लामाे समय देखि स्थायी कमिटी बैठकमा उपस्थित नभएका माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्य अन्तत: बैठकमा सहभागी भएका छन् ।

    मंगलबार दिउँसो च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको बैठकमा नेपाल पक्षीय १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि आज उपस्थित भएका हुन् ।

    यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका हुन् । 

    उनीहरू सबैले सोमबार बालकोटस्थित ओली निवासमा पुगेर उनीसँग छलफल गरेका थिए । सोमबार भएको छलफलमा अध्यक्ष ओली १० बँदे सहमति कार्यान्वयन गर्न सहमत भएपछि नयाँ पार्टीमा नगएका नेताहरु एमाले बैठकमा गएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार