Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल भन्छन्: अष्टलक्ष्मी शाक्य मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो


    मंगलबार, भाद्र ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । 

    मंगलबार उनले पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले आफ्नै सहमतिमा मुख्यमन्त्री बनेको बताएकाे बताएका हुन् ।

    नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् ।

    प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने मुख्यमन्त्री शाक्यले अब एउटा दल रोज्नुपर्ने बताएका छन् ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार