Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नेपाल भन्छन्: ओलीले एमालेलाई प्राइभेट कम्पनी बनाएर हामीलाई घर न घाटको बनाएपछि नयाँ पार्टी बनाइयाे


    मंगलबार, भाद्र ८ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । एमाले अध्यक्ष केपि शार्मा ओलीले आफूहरुलाई घर न घाटको बनाएपछि बाध्य भएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खाेल्नु परेकाे नेता माधवकुमार नेपालले बताएका छन् । 

    मंगलबार उनले पत्रकारहरुसँग कुरा गर्दै ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दा उल्टै आफूसहित १४ सांसदलाई निष्काशन गरि  घर न घाटको बनाएकाले बाध्य भएर नयाँ पार्टी खाेलेकाे बताएका हुन् । 

    ‘यस्तो अवस्थामा कि त घुँडा टेकेर बस्नुपर्थ्यो, कि त अर्को क्रान्तिकारी पार्टी बनाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले पनि हामीले एकताको च्याप्टर क्लोज गरेका छैनौं । सिङ्गो देशलाई एकतावद्ध, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने हाम्रो अभियान हो । विचार, मन मिलेपछि एकता हुन्छ ।’

    पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ दल निर्माण गरेको उनले बताए ।

    ‘एउटै प्रधानमन्त्रीले दुई पटकसम्म संसद विघटन गरेको इतिहास कायम भएको छ,’ उनले भने, ‘त्यसपछि संसद जोगाउनका लागि हामीले पार्टीभित्र विद्रोहको आवाज उठायौं ।’

    केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्छ भन्ने निष्कर्षमा पुगेपछि काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका दलसँग सहकार्य गरेर आफूहरुले संसद, लोकतन्त्र र संविधानलाई जोगाएको उनले बताए ।

    ‘विचारमा भिन्नता हुनु स्वाभाविक हो, निर्णय गरिसकेपछि इमानदार पनि हुनुपर्छ । हामी इमानदार बन्यौँ,’ उनले भने, ‘अहिले यो विद्रोहमा उभिरहेको पंक्ति एकतावद्ध छ ।’

    समयक्रममा एकता गर्दै आएको उल्लेख गर्दै नेपालले भने, ‘यो क्रम चलिरहन्छ । केपी ओलीको समूहमा पनि विचार, धारणा परिवर्तन भएछ भने ढोका खुला हुनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार