Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालको नयाँ पार्टीको घोषणापत्र तयार, महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवाहरुलाई राखिने (पूर्णपाठ)


    मंगलबार, भाद्र ८ २०७८
    3.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रारम्भिक घोषणापत्र तयार गरेका छन्। 

    सोमबार आफू पक्षीय केन्द्रीय सदस्य र सांसदलाई काठमाडौँको चन्द्रागिरी हिल्स रिसोर्ट पुर्याएका नेपालले नयाँ पार्टीको प्रारम्भिक घोषणापत्र तयार गरेका हुन्। 

    नेकपा एमालेबाट फुटेर नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेपालले केन्द्रीय सदस्य र सांसदहरुलाई दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा पुर्याएका थिए । त्यसो त नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू एकताको पक्षमा उभिएकाले नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुको मन नभाडियोस भनेर रिसोर्टमा राखेको पनि बुझिएको छ। 

    एमालेका तेस्रो धारका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच हिजो नै १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमति बनेको थियो ।

    ओलीले १० बुँदे समझदारी कार्यान्वयन गर्न आफू तयार रहेको पनि बताएका छन् । नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधवार बोलाएको छ ।  

    हेर्नुहाेस् घाेषणापत्र :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार