Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दस बुँदे सहमतिको भ्रममा नपरौं, पार्टी गठन र निर्माणमा लागौं 


    सोमबार, भाद्र ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । युवासंघ नेपालका अध्यक्ष नरेश शाहीले १० बुँदे सहमतिको भ्रममा नपर्न अपिल गरेका छन् । एमालेका मध्यमार्गी नेताहरु र अध्यक्ष केपी ओलीबीच जेठ २ मा फर्किने सहमति भएपछि शाहीले १० बुँदे सहमतिको कुनै अर्थ नभएको उल्लेख गर्दै लेखेका छन्–अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण नै हो ।

    सामाजिक संजालमा शाहीले अध्यक्ष लेखेका छन्–‘यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनको पुनरजागरण जरुरी छ । अहिलेको समयमा हाम्रो समाजको आबश्यकता कम्तीमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजागारीको सुनिश्चित गर्नु हो तर यस्तो हुन सकिरहेको छैन, यो कुरा नेपाली राजनीतिको दुःखद बिषय हो । त्यसैले यसमा नयाँ पुस्ता गम्भीर हुन जरुरी छ ।

    समयले हाम्रो काधमा नयाँ जिम्मेवारी प्रदान गर्दै छ, जिम्मेवारीबाट भाग्नु समाज र इतिहासमाथिको अन्याय हुने छ । शब्दहरु क्रान्तिकारी लफ्फाजीको प्रयोग गर्ने र व्यवहार ‘कम्मलमा ओढेर घ्यु खाने’ प्रवृत्ति जनताले बुझिसकेकै बिषय हो । अहिलेको यथास्थितिले तपाईं हाम्रो समाजलाइ कुनै परिवर्तन दिने छैन । अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण हो । त्यसैले युवा संघ नेपालका सम्पुर्ण कमरेडहरु, युवा संघ, नेपालका नियमित साङ्गठनिक कामहरुमा निरन्तर सक्रिय रहन अपिल गर्दछु ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार