काठमाडाैँ । पार्टी विभाजनमा माधव कुमार नेपालालई साथ नदिएका एमाले नेता र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ ।
अध्यक्ष केपी ओलीले १० बुँदे सहमति पालना गरी पार्टीलाई जेठ २ मा फर्काउने प्रतिवद्धता जनाएपछि एकता पक्षधरका नेताहरु एमालेमै रहने भएका छन् ।
ओली निवास बालकोटमा साेमबार बिहान भएकाे वार्तामा सहमति जुटेसँगै अब एमाले एकतावद्ध भएर अगाडि बढ्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
आजकाे वार्तामा पार्टीकाे सबै संरचनालाई जेठ २ काे स्थितिमा फर्काउने सहमति जुटेकाे छ । यस अवघिमा भएका निर्णयहरुबारे पनि आवश्यक छलफल गर्दै जानेछाैं ज्ञवालीले भने ।
आज भएकाे सहमतिलाई र यसअघिकाे १० बुँदे सहमति कार्यान्वयनका लागि भाेलि बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमार्फत आवश्यक कार्यतालिका निर्माण गरिने पनि प्रवक्ता ज्ञवालीले बताए ।
बैठकपछि नेता याेगेश भट्टराईले पनि आफूहरुबीच एमालेलाई एकतावद्ध बनाएर लैजाने सहमति भएकाे बताए । उनले माधवकुमार नेपालले पार्टी विभाजन गर्न हतार गरेकाे बताए ।
तर अझै पनि आफूहरु नेता नेपाललाई एमालेमै फर्काउने प्रयासमै रहेकाे उनले बताए ।
‘माधव नेपाललाई साथ दिँदै आएका थियौँ। तर उहाँले पार्टी फुटाउने कुरामा हतार गरेर अगाडि बढ्नुभाे। उहाँलाई समेत एमालेमा फर्काउने गरी प्रयास गर्छाैँ’, भट्टराईले भने।
उनले एमाले विभाजन गर्ने बाहेकका सबै कुरामा साथ दिन्छाैँ भन्दा पनि नेता नेपालले विभाजन नै राेजेकाे बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend