Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी एकता पक्षधरका नेताहरु बालकाेटमा ओलीसँग निर्णायक वार्ता गर्दै


    सोमबार, भाद्र ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । एमाले एकताकाे पक्षमा उभिने भन्दै माधवकुमार नेपालकाे नयाँ पार्टीमा नगएका नेताहरु अध्यक्ष केपी ओलीसँग वार्ता गर्न उनकाे निवास बालकाेट पुगेका छन् ।

    एमालेकाे आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरु ओलीसँग १० बुँदे कार्यन्वयनको विषयमा निर्णायक वार्ता गर्ने भन्दै उनकाे निवास बालकाेट पुगेका हुन्।

    उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्राेह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए ।

    अहिले ओली र एकताकाे पक्षमा रहेकाे बताउने भीम रावल,  घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरुबीच बालकाेटमा वार्ता भैरहेकाे छ।

    एमालेलाई ७५ जेठ २ मा फर्काउनुपर्ने यी नेताहरुकाे मुख्य माग छ । तर अध्यक्ष ओलीले अब एमाले ७५ जेठ २ मा नफर्कने घाेषणा गरिसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार