Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले विवाद : मंगलबारसम्मको अल्टिमेटम दिएको भनेर गलत प्रचार गरियो


    सोमबार, भाद्र ७ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका नेकपा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूले  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ दिने अल्टिमेटम दिएकाे भन्ने समाचारमा सत्यता नभएको दाबी गरेका छन् ।

    लामो समयसम्म माधव नेपाललाई साथ दिएका तर नेता नेपालले पार्टी विजभान गरेपछि साथ छोडेका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयनको लागि अल्टिमेटन दिएको भन्ने समाचार गलत भएकाे दावी गरेका हुन् ।

    नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरुले गत शुक्रबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कार्यदलले बुझाएको दश बुँदे सहमति कार्यान्वयनका लागि मंगलबारसम्मको समयसीमा दिएकाे भन्ने समाचार बाहिरिएकाे थियाे ।

    तर आफूहरुले कुनै पनि समयसीमा नदिएको बताउँदै नेता सुरेन्द्र पाण्डेले गलत प्रचार गरेको  भनी आपत्ति जनाएका छन् । अहिले आफूहरु पार्टी एकताको पक्षमा निरन्तर लागि परेको तर प्रतिक्रिया दिनेगरी कुनै प्रगति नभएको उनको भनाइ छ ।

    ‘हामीले मंगलबारसम्मको समयसीमा दिएको भन्ने गलत हो,’ पाण्डेले भने, ‘बाहिर गलत प्रचार गरियो ।

    उता संस्थापन पक्षले भने कार्यदलले बुझाएको दश बुँदे प्रतिवेदनलाई पार्टीले ग्रहण गर्दै त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको भन्दै शंका नगर्न आग्रह गरेको छ । 

    एमालेभित्रको विवाद चर्किँदै जाँदा वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेर नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरिसकेका छन् । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ । 

    नेता नेपालले पार्टी विभाजन गरेपछि उनको साथ छोडेका तर एमालेभित्रै पनि अन्तरसंघर्ष गरिरहेका नेताहरु भने अध्यक्ष ओलीले आफूहरुका कुरा नसुन्ने र नेता नेपालले नेता नेपालले दल विभाजन गरी नयाँ दर्ता गरेपछि कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार