Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गौतमले भने- म एमालेमै छु, नयाँ पार्टीमा गएको भन्दै मेराे चरित्र हत्या गरियो


    आइतबार, भाद्र ६ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेता वामदेव गौतमले अहिलेसम्म आफू नेकपा एमालेमै रहेको स्पष्ट पारेका छन् ।

    एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार भएको भन्दै नेता गौतमको सचिवालयले त्यो झुटो भएको स्पष्ट पारेको हो ।

    ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ गौतमको सचिवालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार