Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रियाशील सदस्यता विवाद टुङ्गिएको कांग्रेसकाे दावी: विवाद समाधानको खाका सभापति देउवालाई बुझाइँदै


    आइतबार, भाद्र ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । लामोसमयदेखि  क्रियाशील सदस्यता विवादका कारण पार्टीको १४औं महाधिवेशन समयमै गर्न नसकेकाे सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुङ्गिएकाे दावी गरेकाे छ ।

    क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउने जिम्मेवारी पाएको कार्यदलले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानको खाका तयार पारेर आज (आइतबार) सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ ।

    विवाद समाधानको खाकालाई अन्तिम रुप दिएर आज दिउँसो सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिएका छन् ।

    ‘अधिकांश ठाउँमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद हामीले पहिले नै समाधान गरिसकेको थियौं । बाँकी रहेका केही ठाउँकोे विवाद मिलाएर हामीले आज प्रतिवेदन बुझाउन लागेका छौं,’ उनले भने । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा थप निर्णय पदाधिकारी बैठकले गर्ने बताइएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यदललाई भदौ ३ भित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो । 

    क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १८ गते वडाहरूको अधिवेशन सुरु गरेर मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार