काठमाडौं । नेकपा विभाजन भएपछी आफू एकता तर्फ लाग्ने बताईरहेका एमालेका उपाध्यक्ष बामदेव गौतम पनि अहिले माधव नेपालको पक्षमा खुलेर लागेका छन् ।
कहिले केपी ओली सपोटमा उभिने कहिले नेपाललाई साथ दिने गरेर दोधारे भूमिकामा रहेका गौतम अहिले माधव नेपालले नयाँ दल दर्ता गर्न निवेदन दिएसंगै आफू एमाले छोडेर नेकपा एकीकृत समाजवादी तर्फ खुलेका हुन् ।
गौतमले पहिले आफूलाई माधव नेपाल र केपी ओलीको एकता हुनुपर्छ भन्ने तर्क प्रस्तुत गर्दै आफू एमाले एकीकरणको पक्षमा रहेको बताउने गरेका थिए ।
माधव नेपाल निकट श्रोतका अनुसार बामदेव गौतमलाई माधव नेपालले सरकारमा जाँदा उप(प्रधानमन्त्री बनाउने वाचा गरेका छन् जसका कारण बामदेव गौतम खुलेर लागेका हुन् ।
बामदेव गौतमले उप(प्रधानमन्त्री सहित गृहमन्त्री मागिरहेका छन् तर शेरबहादुर देउवाले गृहमन्त्री नदिने निर्णय गरेका छन् । गृहमन्त्री नपाए रक्षा मन्त्रालय मागेका छन् नेता गौतमले ।
माधव नेपालको नयाँ दलको दर्ता प्रक्रिया पूरा भएसंगे मन्त्रीपरिषदको बिस्तार गर्ने कुरा छ । माधव नेपालको दलबाट उप(प्रधानमन्त्री बन्न बामदेव गौतम नेकपा एकीकृत समाजवादी तर्फ खुलेका हुन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend