Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्रीमा रहदा आफूले सरकारी सुविधा नलिएको पाेखरेलकाे दावी, नयाँ सरकारलाई दिए यस्तो सुझाव


    आइतबार, भाद्र ६ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोख्रेलेले आफु लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहदा धेरै सुविधाहरु नलिएको बताएका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोख्रेलले साढे तीन वर्ष लुम्विनी प्रदेशमा मुख्यमन्त्री रहदा विभिन्न सुविधा नलिएको भन्दै अहिलेका मुख्यमन्त्रीलाई सुझाव दिएका दिएका हुन् । उनले मुख्यमन्त्री रहदा सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग पनि नगरेको बताएका छन् । 

    यस्तै उनले मुख्यमन्त्री रहदा नयाँ र महंगा गाडी पनि नकिनेको र औषधि उपचार खर्च पनि राज्यकोषवाट नलिएको बताउँदै उनले यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिएमा सुशासनमा केही योगदान अवश्य पुग्ने भन्दै सुझाव दिएका छन् । 

    उनले लेखेका छन् – ‘साढे तीन वर्ष लुम्विनी प्रदेशमा मुख्यमन्त्री रहदा – प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग भएन, मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किनिएन, औषधि उपचार खर्च राज्यकोषवाट लिइएन, वास नवसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन, उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो । यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिन सक्दा सुशासनमा केही योगदान अवश्य पुग्नेछ ।’

    अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी रहेका छन् । उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार