Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र राई भन्छन् एमालेमा माधव पक्षको स्पष्ट बहुमत


    शनिबार, भाद्र ५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अनेरास्ववियुका पूर्व अध्यक्ष तथा प्रदेश १ का  प्रदेश सभा सदस्य  राजेन्द्र राईले नेकपा एमालेमा प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको दावी सामाजिक सञ्जाल मार्फत ब्यक्त गरेका छन् । नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन हालेसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि उनले नेता नेपालको पक्षमा बहुमत भएको दावी गरेका हुन् ।

    राजेन्द्र राईले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५, चिन्ह र नाम त पाइने देखियो।’एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ११५ जना नेताहरू नेता नेपालको पक्षमा भएकाले चिन्ह र नाम पाउने अवस्था देखिएको पनि राईको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार