Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेटमणि चौधरी भन्छन्– राणा ढले, पंचायत ढल्यो, ढल्नेछ ओलीको दम्भ र घमण्ड


    शुक्रबार, भाद्र ४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले केपी शर्मा ओलीको दम्भ चूर हुने ठोकुवा गरेका छन् । आफूहरुले न्यायका लागि बिद्रोह गरेको उल्लेख गर्दै उनले लेखेका छन्– राणा शासन ढल्यो, पंचायती तानाशाही ढालियो, ओलीको दम्भ र घमण्ड नढली उपाय छैन ।

     चौधरी लेख्छन्–जसले महान लक्ष्य लिएको हुन्छ । उसैले मात्रै गोली, बम र बारूदको सामना गर्न फ्रन्टलाइनमा उभिने  हिम्मत राख्छ । जुनियर होस् या सिनियर ! लडाइँमा जसले युद्धको मोर्चा सम्हाल्छ उही बन्छ नेता र उसैले गर्छ नेतृत्व ।

    को कता लाग्यो भन्दा पनि मुख्य कुरा हो न्याय र अन्यायको ! न्याय आज सानो र सीमित घेरामा कैदी होला ! तर अन्तिममा न्यायकै जित हुन्छ । न्यायकै फराकिलो दायरा हुन्छ । जहाँ न त घेरा हुन्छ न त कुनै सीमा ! देखिन्छ त केवल क्षितिज ! देखिन्छ त केवल क्षितिज !!

    हामीले गरेको न्यायको लागि बिद्रोह हो । राणा ढले, पञ्चायत ढल्यो ।

    यसैले नढल्ने कुरै छैन ! केपीको दम्भ अनि घमण्ड !! नढली उपाय छैन ! केपीको तानाशाह बन्ने सपना !!

    यसैले नेपाली नव जवानहरू, दृढताका साथ एकीकृत समाजबादको अभियानमा लागिरहौं !
    जुटिरहौ !! पक्कै पनि सफलताको शिखरमा कम्युनिस्टको लाल झण्डा फहराउने छौं । अनि मात्रै करोडौं नेपाली जनताका बर्षौदेखिका सपना पूरा हुनेछन् !!  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार