Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एपोलो अस्पतालको बेडबाट झलनाथले भने– नयाँ पार्टीमा छु


    शुक्रबार, भाद्र ४ २०७८
    3.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी)मा रहेको बताएका छन् ।

    भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पालतमा उपचार गराई रहेका नेता खनालले शुक्रबार सामाजिक संञ्जाल फेसबुकमार्फत आफू नेपाल नेतृत्वको पार्टीमा रहेको जनाएका हुन् ।

    उनको आधिकारिक फेसबुकमार्फत सचिवालयले भनेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।’ 

    माले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमा उल्लेख गरेका हुन् ।

    माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टीले आजै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार