Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीकाे प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, प्रसाई बर्खास्त


    शुक्रबार, भाद्र ४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशकाे प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् ।

    राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ । 

    शर्मा नयाँ प्रदेश प्रमुखमा नियुक्त भएसँगै केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त भएका छन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।  

    8_परदश_परमख_नयकत_वजञपत_2078_7nDcSgQUnP.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार