Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाललाई नयाँ पार्टी खाेल्न ओलीकाे तगाराे, एमाले समाजवादी दर्ता नगर्न आयोगसँग माग


    शुक्रबार, भाद्र ४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । 

    शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको भन्दै यस्तो आग्रह गरेका हुन्।

    एमाले विभाजन गरेर नयाँ पार्टी खाेलेका नेता माधवकुमार नेपालले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएकाे भन्दै ओली पक्षका नेताहरुले आफ्नो नाम सँग मिल्ने अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

    साथै १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि जानुपर्ने एमालेको माग रहेको बाबुराम दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार