Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले आफ्नो नेतृत्वको पार्टीको नामबाट एमाले हटाउने


    शुक्रबार, भाद्र ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले विभाजन गरेर नयाँ पार्टी खाेलेका नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नराख्ने भएका छन् ।

    नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । तर, राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

    सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता गर्ने तयारीमा माधव नेपाल छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार