Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सांसदहरूद्वा सभामुख सापकोटाको कार्यकक्ष घेराउ


    शुक्रबार, भाद्र ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पार्टीले कारबाही गरेका  १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न दवाव दिंदै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्ष  घेराउ गरेका छन् ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही प्रक्रिया अघि बढाउन दबाव दिँदै घेराउ गरेका हुन् । 

    सभामुखको च्याम्बर घेराउ गर्नेमा एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत छन् । 

    एमालेले  भदौ १ गते माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

    कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न बिहीबार पनि एमालेले सापकोटाको ध्यानाकर्षण गराएको थियो ।  

     

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार